अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

परिचय

कार्यकारिणीलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने, सरकारी आश्वासन, प्रत्यायोजित व्यवस्थापन, संवैधानिक निकायका वार्षिक प्रतिवेदन एवं समसामयिक विषयहरुमा छलफल र छानबिन गरी राय सुझाव सल्लाह र निर्देशन दिने, अनुगमन र मूल्यांकन गर्ने जस्ता कार्यहरु सभा आफैँले गर्दा समय बढी लाग्ने, कार्यबोझ अधिक हुने भएकाले यसलाई सहज र सरल तरिकाले नियमित र व्यवस्थित गर्न आवश्यकताअनुसार विषयगत समितिहरु गठन गरिएका हुन्छन् । यस्ता समितिहरुलाई संसदको हेल्पिङ ह्यान्डस् को रुपमा समेत लिने गरिन्छ ।

सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रदेश सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० मा उल्लिखित व्यवस्था अनुसार  प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभामा चारवटा विषयगत समिति गठन भएका छन् जस मध्ये सामाजिक विकास समिति एक महत्त्वपूर्ण समिति रहेको छ ।

लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूल मन्त्र हो र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरूका प्रतिनिधिमार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्बन गरेका देशहरूमा संसदले कानून निर्माणजस्तो महत्त्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्छ । यस समितिले मानव अधिकारको सम्मान‚ संरक्षण र संवर्द्धन गर्नका लागि सरोकारवाला निकायहरूलाई आवश्यक सल्लाह‚ सुझाव तथा निर्देशन दिने गर्दछ । त्यसै गरी समितिले कानून र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानूनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक भूमिका प्रस्तुत गर्दछ ।

यस समितिको कार्यक्षेत्र देहायबमोजिम रहेको छ:-

क) सामाजिक विकास मन्त्रालय,

ख) भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,

ग) श्रम, सामाजिक न्याय, मानवअधिकार

घ) सम्वद्ध विषय तथा निकाय ।

सामाजिक विकास समितिमा रहनुहुने माननीय सदस्यहरुः

क्र.स.

पदाधिकारीको नाम, थर

राजनीतिक दल/पार्टी

सम्पर्क नं.

मा. धर्म राज पाठक (सभापति)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

९८५८४२००९७

मा.ओम विक्रम भाट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

९८५११६२८४१

मा. कैलाश चौधरी

नागरिक उन्मुक्ति पार्टी

९८६८५५१९०६

मा.खुशी राम डगौरा थारु

नागरिक उन्मुक्ति पार्टी

९८४८४७२२२३

मा.जानकी देवी कुँवर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

९८४८१२०८०८

मा.झपट बहादुर साउद

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

९८६०४२०७३४

मा.श्रीमती माया पन्त

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

९८४८७३८१७९





गठन तथा हेरफेरः मिति २०८० जेठ ०६, मिति २०८१ जेठ २२, मिति २०८१ माघ ०६, मिति २०८१ फागुन ०४

समिति सचिवालय :

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १७२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ ।  सचिव प्रत्येक समितिको पदेन सचिव हुनेछ । सचिवले आफू मातहतको अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय वा अन्तर्गतका निकायसँग आवश्यक जानकारी माग गर्न सक्ने व्यवस्था रहेको छ ।

सामाजिक विकास समितिमा हाल कार्यरत कर्मचारीहरुः

क्र.स.

पद

कर्मचारीको नाम, थर

सम्पर्क नं.

इमेल

समिति सचिव

श्री हर्क राज भट्ट

९८४८७००५६३


मा.स.

श्री धर्मानन्द भट्ट

९८४८७७९१४८

dharmab339@gmail.com

क्या.मे

श्री चेतन भाट

९७६७७०९३११

bhatchetan26@gmail.com

का.स.

श्री वसन्तलाल राना

९८६८४३४१६०


सामाजिक विकास समितिको इमेल ठेगानाः-    sdc.sudurpashchim@gmail.com

सभापति
मा. धर्म राज पाठक
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain