अ-
अ+
डाउनलोड एप
Back
दीर्घ बहादुर सोडारी
प्रदेश सभा सदस्य

प्रत्यक्ष
कैलाली, 4(1)

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम दीर्घ बहादुर सोडारी
Name Dirgha Bahadur Sodari
मोबाइल नं. 9858424850
जन्म मिति 2034-11-16
जन्म स्थान मंगलसेन नगरपालिका–१४, अछाम
स्थाई ठेगाना गौरीगंगा नगरपालिका –५, अण्डैया, कैलाली
अस्थायी ठेगाना धनगढी उपमहानगर पालिका–१ कैलाली, कैलाली
बुवाको नाम लोक बहादुर सोडारी
आमाको नाम कटुदेवी सोडारी
पति/पत्निको नाम गीता सोडारी
सन्तान छोरा १ जना, छोरी १ जना
शिक्षा स्नातक (शिक्षा शास्त्र)

राजनैतिक यात्रा :

२०५१ सालमा नेकपा(एमाले) निकट अनेरास्ववियुको कैलाली बहुमुखी क्याम्पस, प्रारम्भीक कमिटी उपाध्यक्ष, जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य । २०५८ मा पार्टीको जिल्ला कमिटी सदस्य । २०६३ मा जिल्ला सचिवालय सदस्य । २०६६ मा जिल्ला कमिटी सचिव र २०७० मा जिल्ला कमिटी अध्यक्ष । २०७० सालमा संविधान सभा सदस्य उम्मेदवार । २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित । २०७४ माघ देखी २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्री । प्रदेश सभाको अर्थविकास तथा प्राकृती समितिको सदस्य । २०७८ जेठ १४ गते देखी २०७९ मंसिर सम्म प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री र पार्टीको संसदीय दलको नेता । २०७९ सालको मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा ५ हजार मतको अन्तरले विजयी भएर हाल प्रदेश सभा सदस्य । पुनःपार्टीको संसदीय दलको नेता ।  

जेल यातना : पटक पटक गरी २१ दिन जेल बसेको ।

प्रकाशित कृतिहरु :

विगतको पेशा÷ अनुभव÷योगदान :

विभिन्न संघ–संस्थाको सहकार्यमा सामाजिक विकासका काम गरेको । मन्त्री बहाल हुँदा भौतिक पुर्वाधार निर्माणको बलियो जग बसालेको । २०६४को संविधान सभा निर्वाचनमा पराजय बेहोरेको नेकपा(एमाले) लाई कैलाली जिल्लामा स्थानीय तह, प्रदेश सभा, र प्रतिनिधि सभामा एकल बहुमत दिलाउने गरी संगठन तयार गरेको ।  

व्यक्तिगत रुची : सामान्य मानिसको रुपमा रहने । 

ध्जबतकबउउ नम्बर :  ९८५८४२४८५०


प्रदेश सभा सदस्यको रुपमा पाँच बर्षिय कार्यकालको लक्ष्य :

विगतको बर्षमा प्रदेशमा भौतिक पुर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी, जलश्रोत तथा सिँचाइ, कृषिलगायतका क्षेत्रमा विनियोजन बजेटको दुरुस्त कार्यान्वयन गराउने र जनताका जनजिवीका सवालको बारे ध्यान दिने । 

विदेश भ्रमण :

फिलीपिन्स, थाईल्याण्ड, कम्बोडी, पाकिस्तान, बंगलादेश, इन्डोनेसीया र चिन । 




© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain