प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
हिरा सार्की
प्रदेश सभा सदस्य
समनुपातिक
कञ्चनपुर,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| नाम | हिरा सार्की |
| Name | Hira Sarki |
| मोबाइल नं. | ९८६२४८६८४८ |
| जन्म मिति | 2012-12-12 |
| स्थाई ठेगाना | भीमदत्त नगरपालिका–४ कञ्चनपुर, कञ्चनपुर |
| बुवाको नाम | हरिकृष्ण सार्की |
| आमाको नाम | लक्ष्मीदेवी सार्की |
| शिक्षा | एसएलसी |
राजनीतिक यात्रा :
- २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा खटिएर काम गरेको ।
- २०३९ सालमा साविकको महेन्द्रनगर नगरपालिका–४ बाट वडा सदस्यमा निर्वाचित भएको ।
- २०३९ साल असार २ गते भएको निर्वाचनमा जिल्ला पञ्चायतको उपसभापति पदको जनपक्षीय उमेदवार भएर चुनाव लडेको ।
- २०४७ देखि २०४९ साल सम्म नेकपा मानन्धर समुहमा संगठित सदस्य लिएर वडा कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको ।
- २०४९ सालमा नेकपा (एमाले) र मानन्धर समुह एकीकरण भई नेकपा (एमाले) हुँदा विभिन्न कमिटीमा रही काम गर्दै आएको ।
- २०५१ देखि २०६९ सालसम्म नेकपा (एमाले) जिल्ला कमिटीमा रहेर काम गरेको ।
- २०७० देखि २०७२ सम्म नेकपा (एमाले) को प्र्रतिनिधि परिषद् सदस्य ।
- २०७२ सालकोे संविधान घोषणापछि २०७३ पछि पार्टीको प्रदेश कमिटीमा रहि २०७८ भाद्र सम्म काम गरेको ।
- २०७८ असोज देखि हाल सम्म नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य ।
- २०५५ देखि २०६६ सम्म नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय कमिटी सचिवालय सदस्य र सुदूरपश्चिम इन्चार्ज भई काम गरेको ।
- २०६७ जेठ देखि नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय उपाध्यक्षमा रही निरन्तर २०७८ चैत्र १५ सम्म काम गरेको ।
अनुभव÷योगदान
- २०५८ सालमा राष्ट्रिय विकास परिषदको सदस्य भई ९ औ“ पञ्चवर्षीय योजनामा भाग लिने अवसर प्राप्त भएको ।
- मुक्ति समाजको नेतृत्वमा संयुक्त नागरिक मञ्च (दलित नेटवर्क) को अध्यक्ष भई दोस्रो जनआन्दोलनको नेतृत्व गरेको ।
- २०४० देखि २०४२ सालसम्म भृकुटी उच्च माविको सदस्य भई काम गरेको ।
- २०६५ सालमा ६ महिना शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको अध्यक्ष भई काम गरेको ।
- २०६७÷२०६८ सम्म निङलाशैनी उच्च माविको सदस्य भई काम गरेको ।
- २०६९ देखि २०७० सम्म पि.टी.ए. अध्यक्ष भई काम गरेको ।
- २०७२÷७३ सम्म निङलाशैनी उच्च माविको अध्यक्ष भई काम गरेको ।
यातना :
२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा शक्त घाइते भएको । हालसम्म औषधि उपचार गरिरहेको ।
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain